दफा ८३
अधिकार प्रत्यायोजन गर्न सक्ने
(१) नेपाल सरकारले यस ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफूले पाएको सबै वा केही अधिकार नेपाल राजपत्रमा सूचना प्रकाशन गरी महानिर्देशक वा सो सूचनामा तोकिएको अरु कुनै अधिकारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।

(२) यस ऐन बमोजिम महानिर्देशकले आफूलाई प्राप्त भएको अधिकारमध्ये आवश्यकतानुसार केही अधिकार आफ्नो मातहतका अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।